टोकियो ओलम्पिकमा सुटिङ खेलाडी कल्पना परियारको राष्ट्रिय कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टोकियो ओलम्पिकमा सुटिङ खेलाडी कल्पना परियारको राष्ट्रिय कीर्तिमान

काठमाडाैं । नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।

शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६ दशमलव.८ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । तर कुल ५० खेलाडी मध्ये ४६औं स्थानमा रहेकी उनी पहिलो चरणबाटै बाहिरिइन् ।

कल्पनाले यसअघि १३औं दक्षिण एसियाली खेलकुद सागमा ६१४ दशमलव ५ स्कोर गर्दै कीर्तिमान बनाएकी थिइन् शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले ६१६.८ स्कोर गर्दै कीर्तिमान सुधारिन् तर अघिल्लो चरण पुग्न सकिनन् ।

छनोटबाट शीर्ष ८ स्थानमा रहने खेलाडी मात्र फाइनलमा प्रवेश गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);