टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

काठमाडाैं । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा आज बिहान सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् ।

यस हिटमा ९ खेलाडी रहेका थिए । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस प्रतिस्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ । यस्तै यस प्रतिस्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

सन् १९९९ को साग गेम्समा पनेरुले १२.२० सकेन्डको कीर्तिमान बनाएकी थिइन् । सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ ।

टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए तर पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन् । पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);