टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारलाई वाइल्ड कार्ड प्राप्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारलाई वाइल्ड कार्ड प्राप्त

काठमाडाैं । जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्ड प्राप्त गरेकी छिन्। नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङ संघको प्रयासमा परियारलाई शुक्रबार वाइल्ड कार्ड प्राप्त भएको हो । योसँगै कल्पनाले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ ।

टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो नेपाली खेलाडी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको जानकारी दिए ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । यसमा कल्पनासँगै चार खेलाडीको सहभागीता निश्चित भइसकेको छ । सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की हुन् । अन्य खेलमा वाइल्ड कार्ड प्राप्त हुने खेलाडीको भने निर्णय हुन बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);