टोकियो ओलम्पिकका लागि सुटिङ र जुडोको टोली शुक्रबार जापान जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टोकियो ओलम्पिकका लागि सुटिङ र जुडोको टोली शुक्रबार जापान जाने

tokyo olympics

काठमाडाैं । टोकियो ओलम्पिकका लागि सुटिङ र जुडोको टोली शुक्रबार जापान जाने भएको छ । सुटिङकी कल्पना परियार र प्रशिक्षक असिम यादव तथा जुडोकी सोनिया भट्ट र प्रशिक्षक सुूर्य नारायण श्रेष्ठ शुक्रबार जापान जाने भएका हुन् ।

यो टोलीसँगैै नेपाली ओलम्पिक टोलीका सेफ दी मिसन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल र नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य पनि शुक्रबार नै टोकियो जानेछन ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउँदैछन पौडी टोली म यसअघि नै जापान पुगेर प्रशिक्षण गरिरहेको छ । ओलम्पिकका लागि एथ्लेटिक्स टोली भने जुलाई २५ मा जानेछ । यस्तै जुलाई १९ मा ओलम्पिकका लागि पदाधिकारीको दोस्रो टोली जापान जाने कार्यक्रम रहेको छ ।

त्यो टोलीमा ओलम्पिकका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठसँगै राम अवाले, राखेपका सदस्य सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ लगायतका छन । जुलाई २३ बाट अगष्ट आठ तारिखसम्म हुने टोकीयो ओलम्पिकमा १५ हजार भन्दा बढि खेलाडीे सहभागि हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);