इंल्याण्डको भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका सदस्यहरूमा कोरोना संक्रमणको जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

इंल्याण्डको भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका सदस्यहरूमा कोरोना संक्रमणको जोखिम

एजेन्सी । इंल्याण्डको भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका सदस्यहरूमा कोरोना संक्रमणको खतरा देखिएको छ । विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तसहित २ खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एकको रिपोर्ट नेगेटिभ आइसकेको छ भने पन्त अझै पनि आइसोलेसनमा रहेका छन् । उनको १८ जुलाई पुनः परीक्षण गरिनेछ ।

उनलाई कुनै लक्षण भने नरहेको बताइएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका एक अधिकारीका अनुसार पन्तलाई गत १० जुलाईमा संक्रमण पुष्टि भएको थियो । पन्त ८ जुलाईमा यूरोकपको सेमिफाइनल हेर्न स्टेडियम पुगेका थिए । उनको साथमा हनुमा विहारी र जसप्रीत बुमराह पनि साथमा थिए ।

पन्तको रिपोर्ट पोजेटिभ आए पनि भारतीय क्रिकेट टोलीको व्यवस्थापनले कडा कदम नउठाएको भन्दै आलोचना भइरहेको छ । पन्तलाई संक्रमण पुष्टि भइसकेपछि पनि प्रशिक्षक रवि शास्त्री ११ जुलाईमा विम्बेल्डनको फाइनल हेर्न पुगेका थिए ।

भारतीय क्रिकेट टोलीका सबै खेलाडीले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका छन् उनीहरुले दोस्रो डोज इंग्ल्याण्डमै लगाउने छन् । भारतीय क्रिकेट टोलीले २० जुलाईदेखि अभ्यास खेल तथा ४ अगस्टबाट इंग्ल्याण्डविरुद्ध पाँच खेलको टेस्ट श्रृखला खेल्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);