तीन दिनको बच्चा र आमामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तीन दिनको बच्चा र आमामा कोरोना संक्रमण

mother-child

एजेन्सी, २१ चैत । भारतमा तीन दिनको बच्चा र आमालाई कोरोना संक्रमण भएको छ । २६ मार्चमा जन्मिएका एक बच्चाको अस्पतालको लापरवाहीका कारण संक्रमण पुष्टि भएको छ ।

सुत्केरी हुनका लागि अस्पताल गएकी महिलालाई कोरोना भाइरस पोजेटिभ देखिएको बिरामी राखेको बेडमा राखेपछि कोरोना संक्रमण भएको हो । २७ मार्चमा अस्पतालले जुन बेडमा उनकी श्रीमती राखिएको थियो त्यो बेडमा कोरोना भाइरस पोजेटिभ भएको व्यक्ति राखेको बताएको थियो ।

त्यसपछि २८ मार्चमा बच्चाका बाबुले तीनै जनाको टेष्ट गराएका थिए । टेष्टमा बच्चा र आमामा कोरोना भाइरस पोजेटिभ देखिएको तर बाबुमा नदेखिएको रिपोर्ट आएको थियो ।

मुम्बइको साइ अस्पतालको लापरवाहीले आफ्नो बच्चा र श्रीमतीलाई संक्रमण भएको बच्चाका बाबुले आरोप लगाएका छन् । तर अस्पतालले भने कोठाको राम्रोसँग सफा गरेपश्चात बेड दिएको दाबी गरेको छ । अहिले तीनैजना कस्तुरबा अस्पतालको क्वारेन्टाइनमा रहेका छन् ।

बच्चा र आमाको स्वास्थ्य पुर्ण रुपमा ठिक छ । सरकारले साइ अस्पताल शिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साइ अस्पतालको लापरवाहीले अन्यलाई पनि कोरोना भएको पुष्टि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);