कोरोनाका कारण दुई दिने शिशुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोरोनाका कारण दुई दिने शिशुको मृत्यु

एजेन्सी, ८ जेठ । दक्षिण अफ्रीकामा कोरोना संक्रमणबाट पहिलोपटक एक नवजात शिशुको मृत्यु भएको छ ।

दक्षिण अफ्रीकामा कोरोना भाइरस संक्रमणका कारण बुधबार पहिलोपटक एक नवजात शिशुको मृत्यु भएको हो । हालसम्म त्यहाँ ३ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्री ज्वेली मखिजका अनुसार दुई दिनको शिशु समय अगावै जन्मिएका थिए । जन्मनासाथ उनलाई फोक्सोको समस्याका कारण तत्कालै भेन्टिलेटरमा राखिएको थियो । आमामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । पछि शिशुमा पनि कोरोना संक्रमण पुष्टि भयो ।

दक्षिण अफ्रीकामा पछिल्लो २४ घण्टामा मात्र ८ सय ३ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै संक्रमित संख्या १८ हजार ३ पुगेको छ । संक्रमितमध्ये ८ हजार ९ सय ५० जना निको भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);