जुमबाटै अदालतले गर्‍यो मृत्युदण्डको फैसला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जुमबाटै अदालतले गर्‍यो मृत्युदण्डको फैसला

wakil adalat

ऐजेन्सी, ८जेठ । एसियाली मुलुक सिंगापुरसमेत कोरोना भाइरसको कहरका कारण गम्भीर रूपमा प्रभावित भएको छ । जसका कारण सिंगापुरमा आगामी जुन १ सम्मका लागि लकडाउन जारी रहँदा अदालतलगायतका सरकारी निकायहरू बन्द छन् । यद्यपि, प्रविधिको उच्चतम प्रयोग गर्ने मुलुक सिंगापुरमा अत्यावश्यकीय सरकारी कामहरू भिडियो कन्फ्रेन्सिङ एप जुमलगायतका अनलाइन माध्यमबाट भइरहेका छन् ।

सिंगापुरमा अहिले अदालतका प्रत्यक्ष सुनुवाइहरू बन्द छन् । तर अति नै आवश्यक कतिपय सुनुवाइहरू अदालतहरूले भिडियो कन्फ्रेन्सिङमार्फत गर्ने गरेका छन् । यहीँ क्रममा सिंगापुरको एक अदालतले भिडियो कन्फ्रेन्सिङ सर्भिस जुममार्फत सुनुवाइ गर्दै एकजना व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सायद भिडियो कन्फ्रेन्सिङ सुनुवाइमार्फत अदालतले कुनै अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको यो विश्वकै पहिलो घटना हुनसक्दछ ।

गत शुक्रबार अदालतले जुममार्फत सुनाएको फैसलामा ३७ वर्षीय पुनिथान गेनासन नामका व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको हो । ती व्यक्तिविरुद्धको लागूऔषध अपराधको मुद्दा सन् २०११ देखि अदालतमा विचाराधीन थियो ।

मानव अधिकारवादी संस्थाहरूले भने विश्व नै महामारीको पीडामा रहेको बेला मृत्युदण्डको सजाय सुनाउनु घृणित कार्य भएको आरोप लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);