पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

एजेन्सी, १ पुस । पाकिस्तानको एक अदालतले पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ । मुसर्रफलाई अदालतले राज्य विप्लवको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।

पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । इजलासको पूर्ण आदेश ४८ घण्टाभित्र जारी हुने पाकिस्तानी संचार माध्यमले जनाएका छन् ।

नोभेम्बर ३, २०१७ मा मुसरर्फले संविधानको उल्लंघन गरेको अदालतको आदेशमा उल्लेख छ । सन् २०१३ नोभेम्बर २० तारिखमा विशेष अदालत गठन गरिएको थियो ।

सन् २०१६ जुन १९ मा अदालतले मुसरर्फलाई भगौडा करार गरेको थियो । पाकिस्तानी सेनाका पूर्व प्रमुखसमेत रहेका मुसरर्फ अहिले दुबईमा छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);