बलात्कारको अभियोगमा पाकिस्तानको एक अदालतमा दुई जनालाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बलात्कारको अभियोगमा पाकिस्तानको एक अदालतमा दुई जनालाई मृत्युदण्डको सजाय

एजेन्सी, ८ चैत। बलात्कारको अभियोगमा पाकिस्तानको एक अदालतले दुई जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

लाहोरको पूर्वी शहरस्थित एक विशेष अदालतले अविद मेहली र शाफ्कत अलीलाई फ्रेन्च मुलकी पाकिस्तानी महिलालाई बलात्कार गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो ।

९ सेप्टेम्बर २०२० मा लाहोरबाट बाहिर निस्कने क्रममा पेट्रोल सकिएपछि त्यसको खोजीमा सडकमा अलपत्र परेकी ती महिलालाई उनीहरुले दुई बच्चाको सामुन्ने बलात्कार गरि लुटपाट समेत गरेका थिए ।

घटनालाई लिएर पाकिस्तानमा चर्को विरोध भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले पीडितलाई न्याय र मुलुकमा महिला सुरक्षाको माग गरेको थिए । पाकिस्तानमा गत डिसेम्बर महिनामा मात्र बलात्कारविरुद्धको नयाँ कानुन पास भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);