१९ वर्षीया छात्रालाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

१९ वर्षीया छात्रालाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको सजाय

nusrat jahan rafi murder

एजेन्सी, ७ कात्तिक । बंगलादेशमा १९ बर्षिया एकजना छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गदै एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । राजधानी ढाकादेखि १ सय ६० किलोमिटर पर रहेको फेनी नगरमा १९ वर्षीया नुसरत जहाँ रफीलाइ जिउदै जलाएको आरोप प्रमाणित भएको भन्दै अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा जिउदै जलाएर हत्या गरिएको थियो । नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो । त्यहाँ उनलाई बुर्का लगाएका चार(पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए । त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो ।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो । नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको चार दिनपछि मृत्यु भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);