रुसी सेना टर्की–सिरिया सीमामा तैनाथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

रुसी सेना टर्की–सिरिया सीमामा तैनाथ

SIRIYAa

एजेन्सी, ७ कात्तिक ।  सिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी सेना टर्की–सिरिया सीमामा तैनाथ हुन थालेका छन् । सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र मन्बिजमा प्रवेश गरेका बीबीसीले जनाएको छ ।

कुर्द लडाकुहरूलाई सो क्षेत्रबाट फिर्ता गराउने र सीमाबाट ३० किलोमिटर पर उनीहरूका अस्त्र पुर्याउने कार्यमा रूसी सैनिकले सघाउने बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्किश समकक्षी रेजेप एर्दोआनबीच भएको सहमतिले कुर्द लडाकुहरूलाई फिर्ता हुनका लागि बुधबार मध्याह्नबाट १५० घण्टाको समय उपलब्ध गराएको हो ।

टर्कीका फौजहरूले भने कुद्विरूद्धको सैन्य कारबाहीमा कब्जामा लिएका क्षेत्रहरू आफ्नो नियन्त्रणमा राख्नेछन् । टर्कीको एउटा योजना सीमावर्ती भेगमा एउटा ‘सुरक्षित क्षेत्र’ बनाउने र जहाँ टर्कीमा रहेका बीस लाख शरणार्थीलाई पुनस्थापित गर्ने रहेको छ । झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यस्तो सहमति भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);