टर्कीद्वारा रुसी क्षेप्यास्त्र खरिद गर्ने सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौँ, २८ भदौ । टर्कीले आफ्नो सैन्य फौजका निम्ति रुसी एस द्धण्ण् भनिने विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ। उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले बताएका छन्।

एस-400 क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै असी वटा निशानामा एकैपटक हान्न सक्ने रुसले बताएको छ। पश्चिमा देशहरुको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य फौज रहेको बीबीसीले जनाएको छ।

वाशिंगटनले रुस तथा उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सदस्य राष्ट्र टर्की बीच भएको उक्त सम्झौताको विरोध गरेको छ।
नेटोले प्रयोग गरिरहेका प्रतिरक्षा प्रणालीमा उक्त रुसी उपकरण नमिल्ने पनि उसले बताएको छ। बीबीसीका संवाददाता भन्छन् टर्कीको यो निर्णय राष्ट्रपति एर्दोआनले लिएको एउटा राजनीतिक कदमका रुपमा हेरिएको छ र टर्कीबाट अमेरिका र जर्मनीले हालै आफ्ना क्षेप्यास्त्र प्रतिरोधी प्रणाली फिर्ता गरेपछि टर्कीले नेटोप्रति जनाएको यो विरोध हो।

रुसतर्फ ढल्कँदै :

हालैका दिनमा अमेरिकासँग सम्बन्ध बिग्रिएपछि टर्कीले रुससँग नजिकको सम्बन्ध स्थापना गरिरहेको देखिन्छ। टर्कीका कुर्द विद्रोहीहरुसंग सम्बन्ध रहेको ठानिएका वाइपीजी नामक सिरियन कुर्द विद्रोहीहरुलाई अमेरिकाले दिइरहेको सैन्य समर्थनको टर्कीले विरोध गर्दै आएको छ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक सैन्य सल्लाहकारले टर्कीसँगको उसको क्षेप्यास्त्रसम्बन्धी सम्झौता – ‘पूर्ण रुपमा हाम्रो रणनीतिक हितमा उपयुक्त भएको’ र ‘यस्तो अवस्थामा टर्कीमाथि दबाब दिन सक्ने केही पश्चिमा राष्ट्रहरुबाट आउने प्रतिक्रियालाई बुझ्न सकिने उल्लेख गरेका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);