उत्तर कोरियाद्वारा दुईओटा क्षेप्यास्त्र प्रहार, ८ दिनभित्र तेस्रोपटक प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर कोरियाद्वारा दुईओटा क्षेप्यास्त्र प्रहार, ८ दिनभित्र तेस्रोपटक प्रक्षेपण

korea

काठमाडौं, १७ साउन । उत्तर कोरियाले फेरि दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाले ८ दिनभित्र तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाले शुक्रबार बिहान देशको पूर्वी तटीय क्षेत्रमा दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले जनाएका छन् । अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाकारूपमा उत्तर कोरियाले परीक्षण गरेको हुन सक्ने बताइएको छ । दक्षिण कोरियाली सेनाका ‘जोइन्ट चिफ अफ स्टाफ’ले स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेर ५९ मिनेट र ३ बजेर २३ मिनेटमा उत्तर कोरियाले ती क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । ती क्षेप्यास्त्र जापानको समुद्रमा खसेको बताइएको छ । यसअघि, बुधबार पनि उत्तर कोरियाले दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);