उत्तर कोरियाद्धारा पूर्वी सागरमा ब्यालेस्टिक मिसाइल प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर कोरियाद्धारा पूर्वी सागरमा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल,२ चैत्र । उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी जलक्षेत्रतर्फ अर्को ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले बिहान प्रक्षेपण गरेको बताएका हुन् । यद्यपी उनले मिसाइल कति टाढासम्म उडेको भन्ने जानकारी भने दिएनन् । अधिकारीहरूले उत्तर कोरियाले यस हप्ता गरेको यो तेस्रो हतियार परीक्षण भएको उल्लेख गरेका छन् ।

स्टाफले प्रक्षेपण बिहान भएको बताए। यद्यपी उनले मिसाइल कति टाढासम्म उडेको भन्ने विवरण भने दिएनन् । सोमबार उत्तर कोरियाले आफ्नो पूर्वी तटमा रहेको एउटा पनडुब्बीबाट दुईवटा क्रुज मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल देशमा गरिने हतियार परीक्षणको शृङ्खलामा सबैभन्दा नयाँ हो।

अमेरिका र दक्षिण कोरियाली सेनाले ठूलो मात्रामा संयुक्त सैन्य अभ्यास सुरु हुनुभन्दा एक दिनअघि आइतबार यो परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले दुई देशबीचको सैन्य अभ्यासलाई आफ्नो आक्रमणको पूर्वाभ्यासको रूपमा हेरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);