बाल अस्पतालमा आगलागीपछि निस्सासिएर शिशुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाल अस्पतालमा आगलागीपछि निस्सासिएर शिशुको मृत्यु

पालनपुर, २ चैत्र । गुजरातको बनासकांठा जिल्लाको शिहोरी सहरको एक निजी अस्पतालमा बुधबार आगलागी हुँदा एक नवजात शिशुको मृत्यु भएको छ भने अन्य दुई बालबालिकालाई सघन उपचार कक्षबाट बाहिर निकालिएको छ। हनी चिल्ड्रेन अस्पतालमा सर्ट सर्किटका कारण आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बनासकान्त जिल्लाको शिहोरी सहरस्थित अस्पतालमा बिहान आगलागी भएपछि धुवाँ आइसियु वार्डमा फैलिएको प्रहरीले जनाएको छ । धुवाँका कारण चार दिनका नवजात शिशुको निसास्सिएर मृत्यु भएको छ भने अन्य दुई बालबालिकालाई अस्पतालका कर्मचारी र प्रहरीले उद्धार गरेको हो । उनीहरुलाई डिसा अस्पतालमा भर्ना गरिएको छ । हामीले आकस्मिक मृत्युको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेका छौं।

उद्धार गरिएका दुवै बालबालिकाको अवस्था स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही प्रत्यक्षदर्शीका अनुसार सर्ट सर्किटका कारण आगलागी भएको हो । यद्यपी आगलागीको वास्तविक कारण भने खुल्न बाँकी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);