इराकमा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इराकमा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ को मृत्यु

एजेन्सी । इराकको राजधानी बगदादमा कोरोना संक्रमितहरुको उपचार भईरहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ को मृत्यु भएको छ । राजधानी बगदादस्थित खतिब अस्पतालमा शनिबार राति सुरु भएको आगलागीमा परी दजनौँ घाइते समेत भएका छन् ।

अक्सिजन ट्यांकी विस्फोटका कारण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । अस्पतालमा रहेका एक सय २० बिरामीमध्ये ९० को उद्धार गरिएको बताइएको छ । घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अन्य अस्पतालमा पु¥याइएको छ। इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमीले आगलागीलाई दुखद दुर्घटनाको संज्ञा दिँदै सो को कारण खोल्न तत्काल अनुसन्धान गर्ने जानकारी दिएका छन् ।

अस्पतालको आईसीयू इकाईबाट आगलागी सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । आइतबार विहानसम्ममा आगो नियन्त्रणमा आएको इराकको नागरिक सुरक्षा विभागले जनाएको छ । इराकमा गएको फेब्रुअरी यता कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएको छ ।

इराकमा हालसम्म १० लाख २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ भने १५ हजार २ सयभन्दा बढीले ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);