चक्रवात फ्रेडीबाट ३२६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

चक्रवात फ्रेडीबाट ३२६ जनाको मृत्यु

एजेन्सी, ३ चैत्र । उष्णकटिबंधीय चक्रवात फ्रेडीले दक्षिण पूर्वी अफ्रिकाको मलावीमा ठूलो विनाश गरेको छ । यो चक्रवातले तीन सयभन्दा बढीको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मलावीको प्रकोप व्यवस्थापन मामिला विभागले चक्रवातले ३२६ जनाको ज्यान गएको जनाएको छ ।

अधिकारीहरूले थप भनेका छन् कि सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक चिलोब्वेमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र दर्जनौं बेपत्ता छन् । सो स्थानमा खोज र उद्धारको प्रयास जारी छ। भग्नावशेषमा रहेका मानिसको खोजीका लागि सोमबार खाली हातले बेलचडी प्रयोग गरेको देख्न सकिन्छ ।

चार सन्तानकी आमा डोरोथी वाचेपाले सीएनएनलाई बताइन् ‘चक्रवातको आवाजले “एरोप्लेनको आवाज जस्तै’ ब्युँझिए । सबै कुरा सकियो। सन् २०१४ मा श्रीमानको मृत्यु भएपछि म तरकारी बेच्ने सानो व्यवसाय गर्दै थिएँ । म मेरा साना बच्चाहरु संग जीवन बिताइरहेको छु।’

यसअघि मंगलबार भारता प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवात फ्रेडीका कारण मलावी, मोजाम्बिक र मेडागास्करमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले यो कठिन समयमा भारत प्रभावित देशका जनताको साथमा रहेको स्पष्ट पारेका छन् । चक्रवात कमजोर हुँदैछ तर दक्षिणी मलावी जिल्लाका अधिकांश भागहरूमा हावाको अवस्थासँग सम्बन्धित मुसलधारे वर्षा जारी रहने मलावीको प्राकृतिक संसाधन र जलवायु परिवर्तन मन्त्रालयले जनाएको छ ।

मौसम प्रतिवेदनमा भारी बाढी र हावाहुरीको क्षतिको जोखिम निकै उच्च रहेको जनाएको छ । मोजाम्बिकको जाम्बेजिया प्रान्तमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, सीएनएनले राज्य प्रसारक रेडियो मोजाम्बिकलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। चक्रवात फ्रेडीले पहिलो पटक दुई हप्ताभन्दा बढी समयपछि मोजाम्बिकमा दोस्रो पटक ल्यान्डफल गरेपछि आफ्नो प्रकारको सबैभन्दा लामो समयसम्म चल्ने आँधीको रेकर्ड तोडेको छ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि