चक्रवात बिपरजोयबाट भारतमा सात जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

चक्रवात बिपरजोयबाट भारतमा सात जनाको ज्यान गयो

एजेन्सी । अरब सागरमा आएको चक्रवात बिपरजोयबाट भारतमा सात जनाको ज्यान गएको छ ।

नौ वटा राज्य तथा केन्द्रशासित प्रदेशमा प्रभाव पारेको आँधीले रुख तथा बिजुलीका पोलहरु ढल्दा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अरब सागरमा बनेको चक्रवात गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने भएपछि गुजरात सरकारले ३८ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिसकेको छ ।

भारतको मौसम विज्ञान विभागले आँधीसँगै बाढी समेत आउन सक्ने भन्दै विहीबारसम्मका लागि गुजरातसहित नौ वटा राज्यहरुमा चेतावनी जारी गरेको छ । क्षति कम गर्न जोखिममा रहेका राज्यहरुमा शहरमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार गुजरातको कच्छमा पुग्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । साथै तीन वटै सेना अलर्टमा राखिएका छन् । पश्चिम रेलवेले गुजरातको तटीय क्षेत्रमा जाने ६७ वटा रेल रद्द गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

तटीय सहर मुम्बईमा उच्च सतर्कतामा अपनाईएको छ । भारतीय मौसम विभाग (आईएमडी)ले गुजरातको सौ राष्ट्र र कच्छमा ठुलो क्षति हुने अनुमान गर्दै ‘ओरेन्ज’ अलर्ट जारी गरेको छ । चक्रवात बिहीबार दिउँसो कच्छ जिल्लाको जाखाउ बन्दरगाह नजिकै पुग्ने सम्भावना छ । त्यस अगाडि १३५ देखि १४५ किलोमिटर प्रतिघण्टा देखि १५० किमी प्रतिघण्टाको गतिमा हावा चल्नेछ र भारी वर्षा पूर्वानुमान छ । पाकिस्तानको सिन्ध प्रान्त कराँचीमा पनि तटीयक्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);