चक्रावत आँधी 'फानी'का कारण भारतको उडिसामा ३ जनाकोे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चक्रावत आँधी ‘फानी’का कारण भारतको उडिसामा ३ जनाकोे मृत्यु

एजेन्सी, २० बैशाख । बंगालको खाडीमा बनेको चक्रवात आँधी ‘फानी’ शुक्रवार भारतको उडिसा राज्यको पुरी तटसँग ठोक्किएको छ । आँधी आउनु पूर्व नै तटीय क्षेत्रका १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएकाले ठूलो मानबीय क्षति हुन नपाएको भारतीय अधिकारीहरुले जनाएका छन् । फानीले हावाहुरीका साथै ठूलो वर्षा समेत गराएको छ ।

मानवीय क्षति हुन नदिन उद्धारकर्मीहरुलाई उच्च सतर्कतामा राखिएको थियो । यद्यपी हावाहुरीका कारण उडिसामा बिजुलीको पोल ढल्दा ३ जनाको मृत्यु भएको जनाइएको छ । पुरी तटको जमिनमा प्रहार गरेको फानीले आफनो दिशा विस्तारै उत्तर–पूर्वतर्फ बढाएको जनाइएको छ।

जमिनमा प्रहार गर्ने समयमा करिब २ सय किलोमिटर प्रतिघण्टाको गतिमा रहेको फानी विस्तारै कमजोर बन्दै गइरहेको र हाल १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा पश्चित बंगालतर्फ अघि बढेको छ ।

आँधीले उडिसा सहित पश्चिम बंगाल, आन्ध्र प्रदेश राज्यमा भीषण वर्षा भइरहेको छ । उडिसा राज्यका ठाउँठाउँमा रुख, बिजुलीका खम्बा तथा अन्य पूर्वाधार ढालिदिएको छ । आँधीका कारण आन्ध्र प्रदेश तथा उडिसा राज्यका तटीय क्षेत्रमा रहेका पुराना भवनहरु केही पूर्ण रुपमा तथा केही आंशिक रुपमा क्षतिग्रस्त भएको जनाइएको छ ।

त्यस्तै, पूर्वी भारतका आँधी प्रभावित क्षेत्रका सरकारी कार्यालय, विद्यालय, रेलसेवा, हवाई उडान बन्द भएका छन् । भारतमा लोकसभा निर्वाचनको सरगर्मी चढिरहेका बेला आँधी आएपछि केही उम्मेद्वारहरुले आफ्नो चुनावी अभियान स्थगित गरेको घोषणा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);