आन्ध्र प्रदेशमा आँधीबाट दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आन्ध्र प्रदेशमा आँधीबाट दुई जनाको मृत्यु

एजेन्सी । आन्ध्र प्रदेश, १२ असोज भारतमा समुद्री आँधी गुलावका कारण आन्ध्र प्रदेशमा दुई जनाको मृत्यु भएको छ । आँधीका कारण विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । आँधीपछिको हावाहुरीका कारण प्रदेशका विभिन्न स्थानमा केही भवन तथा संरचना भत्किएका छन् । श्रीकाकुलाम जिल्लाका एक माँझीको मृत्यु भएको छ । त्यस्तै, अर्को एक व्यक्तिको रूखले किचेर मृत्यु भएको छ ।

छिमेकी ओडिसा राज्यमा आँधीको प्रभाव सामान्य छ । तर, आँधीपछिको वर्षाले पहिरो जाँदा यातायात सेवा अवरुद्ध छ । गाजापटी, कोरापुट, मलकानगिरी जिल्लाका केही स्थानमा रूख ढलेका छन् । भारतको मौसम विज्ञान विभाग (आइएमडी) ले सामान्य प्रभावपछि गुलाब आँधी ६ किलोमिटर प्रतिघन्टाका दरले पश्चिमतिर बढेको जनाएको छ । विश्वका विभिन्न स्थानमा विभिन्न समयमा आँधी आउने गरेका छन् । ती आँधीलाई पहिचान गर्न विभिन्न नाम दिइन्छ ।

विश्व जलवायु संगठनले आँधीको नाम राख्छ । सम्बन्धित देशका राष्ट्रिय तथा क्षेत्रीय जलवायु विभागसँग सल्लाह गरेर विश्व जलवायु संगठनले आँधीको नाम जुराउँछ । सन् १९५० पछि आँधीको नाम राख्न थालिएको हो । यस्तो नाम अंग्रेजी वर्णमालाका आधारमा राखिन्छ । जस्तैः ए, बी, सीबाट सम्बन्धित देशले जलवायु संगठनलाई छ ओटा नाम दिन्छ । ६ वर्षपछि सोही नाम दोहोराइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);