आन्ध्र प्रदेशमा खानीमा विस्फोट हुँदा १० जना मजदूरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आन्ध्र प्रदेशमा खानीमा विस्फोट हुँदा १० जना मजदूरको मृत्यु

एजेन्सी । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूरको मृत्यु भएको छ । अधिकारीका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त बम विस्फोट भएको हो ।

खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदूरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् ।

सो दुर्घटनामा अझै दश जना अज्ञात रहेको र मृतक पाँच जनाको भने पहिचान खुलेको बताइएको छ । दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको अधिकारीले जनाएका छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);