इरानमा एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २१ जना कामदारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इरानमा एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २१ जना कामदारको मृत्यु

इरानमा एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २१ जना कामदारको मृत्यु, ७० जना कामदार सम्पर्क विहिन, उद्दार कार्य जारी

इरानमा एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २१ जना कामदारको मृत्यु

कठमाडौं । इरानमा एक कोइला खानीमा फसेका व्यक्तिलाई उद्धार गर्न गएका बेला विस्फोट हुँदा कम्तिमा २१ जना कामदारको मृत्यु भएको छ । 

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा फसेका सहकर्मीलाई उद्धार गर्न गएका २१ जना खानीमा काम गर्ने व्यक्तिको शव निकालिएको सरकारी समाचार संस्थाले जनाएको छ ।

घटनामा झण्डै ७० जना घाइते भएका छन् । गोलेस्तान प्रान्तको कोइला खानीको सुरुङमा काम गरिरेका बेला फसेका ३२ जना सहकर्मीको उद्धारका लागि गएका बेला विस्फोट हुँदा २१ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

ग्यास चुहावट भएका कारण विस्फोट भएको हो । विस्फोट लगतै उद्धारको काम सुरु भएको थियो । तर फसेका ३२ जनाको बारेमा अहिलेसम्म केही जानकारी आएको छैन ।

ज्यान गुमाएने सबै सुरुङमा फसेका सहकर्मीको उद्धारका लागि गएका खानी कर्मी रहेको बिबिसीले जनाएको छ ।

उनीहरु सुरुङको १३ सय मिटर भित्र फसेको अनुमान गरिएको छ । उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);