चीनको सुनखानीमा सयौं मिटरभित्र फसेका ११ मजदुरको सकुशल उद्दार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनको सुनखानीमा सयौं मिटरभित्र फसेका ११ मजदुरको सकुशल उद्दार

एजेन्सी, ११ माघ । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटरभित्र फसेका ११ जना मजदुरको सकुशल उद्धार भएको छ ।सुन खानीमा फसेकाहरुलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका हुन् ।

खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरुले बताएका छन् । खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूरहरु खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रशारण संस्था सिसिटिभीले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिम पटक दुई जना मजदूरलाई बाहिर निकालिएको थियो । यो सहित उद्धार गरिएकाको संख्या ११ पुगेको छ । हाल उद्धार अभियान सञ्चालनका लागि ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको छ ।

खानीभित्र करिब ६०० मिटरको गहिराईमा ती मजदूरहरु गत जनवरी १० मा फसेका थिए । यो खानीस्थल पूर्वी शाङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको छ । गत डिसेम्बरमा पनि चोङकिङको खानीमा सुरुङभित्र चेपिएर २३ जना मजदूरको ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);