पाकिस्तानमा कोइला खानी बिस्फोट हुँदा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पाकिस्तानमा कोइला खानी बिस्फोट हुँदा १२ जनाको मृत्यु

एजेन्सी,८ चैत्र । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको गुफाभित्र विषाक्त ग्यास जम्मा भएपछि मंगलवार राति बिस्फोट भएको बताउनुभएको हो । बिस्फोट हुँदा १२ जना मजदुर खानीमा काम गरिरहेका थिए भने अन्य आठ जना मजदुर आफ्ना फसेका सहकर्मीलाई उद्धार गर्न खानी भित्र पसेको उहाँले बताउनु भयो ।

उद्धार टोलीले खानीबाट १२ जनाको शव र आठ घाइते निकालेको उनले बताउनु भयो । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);