वेस्ट बैंकमा इजरायली आक्रमणमा परी ३ प्यालेस्टाइनीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

वेस्ट बैंकमा इजरायली आक्रमणमा परी ३ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं,८ चैत्र । उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा रहेको एउटा गाडीमा इजरायली हवाई हमलामा बुधवार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ ।

अर्का एक जना गम्भीर घाइते भएका छन् । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अधिकारी महमूद अल–सादीले उद्धार टोलीले गाडीबाट तीन युवाको शव निकालेको थियो बताउनु भयो । प्यालेस्टिनी स्रोतहरूले ड्रोनले गाडीलाई निशाना बनाएको थियो ।

यसैबीच इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो कि यसले जेनिनमा एउटा कारमा चार प्यालेस्टिनी लडाकुहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । जसमध्ये दुई वरिष्ठ इस्लामिक जिहाद सदस्यहरू थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);