काठमाडौंमा आज मध्याह्रमा वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौंमा आज मध्याह्रमा वर्षाको सम्भावना

barsha

काठमाडौं,८ चैत्र । काठमाडौं उपत्यकासहित मुलुकका केही भू–भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भएको छ ।

कोसी, मधेस र वाग्मती प्रदेशमा साधारणदेखि पूर्णतया , गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारण तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी प्रदेशका केही स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बाग्मतीमा आज दिउँसो २ बजेपछि पानी पर्ने सम्भावना देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस र कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । काठमाडौंमा बिहानै पानी परे पनि रोकिदै पर्दै गर्नेक्रम जारी रहने विभागको पूर्वानुमान छ । बुधबार काठमाडौंसहित देशका केही भू–भागमा झरी पर्यो । तर आज त्यस्तो नहुने भनिएको छ ।

बुधबार काठमाडौंमा करिब नौ मिलिमिटर पानी परेको रेकर्ड भएको छ । शुक्रबार एक दिन मौसममा सुधार देखिएपनि शनिबार फेरी बदली हुने र पानी पर्ने महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);