काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथी छिट्टै छानविन गर्ने बताउनुभएको छ ।बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले छानविन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिनुभएको हो । गुरुङले नै आफूमाथी छानविनको माग गरेको उहाँले बताउनु भयो । उहाँकाअनुसार कुन प्रक्रियाबाट छानविन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन । विवादीत व्यवसायी दीपक भट्टसंग अनुचित कारोबार लागेको आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएका थिए ।




