नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको सहयोग ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको सहयोग !

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीको अनुसन्धानमा सहयोग गरिरहेको दाबी गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले दोषीलाई कुनै हालतमा छाड्न नहुने निश्कर्ष निकालेको छ ।

पार्टी नेता खाँण बुटवलमा हुँदा पनि काठमाडौं आएर अनुसन्धानलाई सहयोग गरेको कांग्रेको भनाई छ । दोषीलाई अनुसन्धानका क्रममा सत्यतथ्य छानविन हुनुपर्ने र अनुसन्धान प्रभावित हुन नहुने कांग्रेसको आधिकारिक धारणा रहेको पनि बताईएको छ ।

साथै बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने भनेर आएको समाचारमा सत्यता नभएको पनि कांग्रेसले जनाएको छ । दोषी ठहरिएपछि के गर्ने भन्ने विषयमा पछि नै निर्णय हुने कांग्रेसको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);