कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु,५ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु,५ जना बेपत्ता

एजेन्सी , २० मंसिर । चीनको दक्षिण पश्चिम चुङ्चिङस्थित एउटा कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु भएको छ । ग्याँस चुहावटका कारण अन्य ५ जना मजदुर हराएका र १ जनाको जीवितै उद्धार गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

दुई महिनादेखि बन्द उक्त खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा कार्बनमोनोक्साइड ग्यास चुहिएको थियो ।उक्त दुर्घटनाबारे छानबिन सुरु गरिसकेको पनि चिनियाँ अधिकारीहरुले जनाएका छन् । विश्वमा सबैभन्दा धेरै कोइला उत्पादन तथा खपत हुने चीनमा सुरक्षासम्बन्धी नियम पालनामा लापरवाही हुँदा खानीमा दुर्घटनाहरू हुने गरेका छन् ।

गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृत्यु भएको थियो।त्यसैगरी गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइलाखानीमा विस्फोटन हुँदा १४ जनाको मृत्यु भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);