राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको पुनः दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको पुनः दबाब

एजेन्सी , २१ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नरलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाब दिनुभएको छ ।आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आउनुभएका ट्रम्पले जर्जियामा बाइडेनको जितलाई खारेज गरेर आफ्नो पक्षमा नतिजा उल्ट्याउन गभर्नरलाई दबाब दिनुभएको हो ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएपछि जर्जियामा आउँदो जनवरीमा हुने दुई सिनेट सिटको रन–अफ चुनावका लागि सभा गर्न पुग्नुभएका ट्रम्पले चुवावमा धाँधली भएको आरोप लगाउनुभएको छ । जर्जियामा तीन पटक भएको गणनामा बाइडेन विजयी भइसक्नुभएको छ ।

ट्रम्पले दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा न्यायाधीशले खारेज गरिसकेका छन् । तर ट्रम्पले भने धाँधलीको आरोप लगाउँदै नतिजा उल्ट्याउन दवाव दिइरहनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);