ट्रम्पले बर्खास्त गरे धाँधली भएको छैन भन्ने निर्वाचन सुरक्षा अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रम्पले बर्खास्त गरे धाँधली भएको छैन भन्ने निर्वाचन सुरक्षा अधिकारी

एजेन्सी, ३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाण बिना नै चुनावमा धाँधली भएको भन्दै लगाउँदै आएको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गर्नुभएको छ ।

ट्रम्पले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई बर्खास्त गर्नुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ट्रम्पले ट्वीट गरेर साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिनुभएको छ ।

क्रिसले हालै वक्तव्य जारी गरेर नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि प्रकारको धाँधली भएको प्रमाण नरहेको बताएउनुभएको थियो । क्रेब्सले कुनै पनि मतदान प्रणालीमा मत डिलिट गरेको वा गुमाएको, मत परिवर्तन गरेको वा अरु कुनै पनि प्रकारको कमजोरी वा धाँधली गरेको प्रमाण नभेटिएको स्पष्ट गर्नुभएको थियो ।

सोही वक्तव्यलाई लिएर ट्रम्पले क्रेब्सलाई बर्खास्त गरेको बताइएको छ । नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित हुनुभएको छ । तर अहिलेसम्म हार स्वीकार गर्नुभएको छैन । ट्रम्पले धाँधली गरि आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);