सैनिक कटौती गर्ने योजनाप्रति रिपब्लिकन नेताहरुकाे विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सैनिक कटौती गर्ने योजनाप्रति रिपब्लिकन नेताहरुकाे विरोध

एजेन्सी,३ मंसिर ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट आफ्ना सैनिक कटौती गर्ने योजनाप्रति रिपब्लिकन नेताहरुले विरोध गरेका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा तैनाथ २५ सय अमेरिकी सेना कटौती गर्ने जनाएसँगै रिपब्लिकन नेताहरुले विरोध गरेका हुन् ।

अमेरिकी माथिल्लो सदनका नेता भिच म्याकोनेलले ट्रम्पको योजना गलत भएको भन्दै राष्ट्रपति पद त्याग गर्नु अघि रक्षा र विदेश नीतिमा परिवर्तन नगर्न चेतावनी समेत दिनुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उनीहरुले ट्रम्प प्रशासनले यो निर्णय फिर्ता नलिए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् । यसअघि अमेरिकी रक्षा सचिव क्रिस मिलरले यो कदमले यी दुई देशमा रहेका आफना सैनिकहरुले आफनो उत्तरदायित्व बहन गरेको जनाउँदै घर फर्काउने नीति अबलम्बन गरिने बताइसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);