ट्रम्पलाई झड्का: सीरिया र अफगानिस्तान सैनिक फिर्ता बोलाउने ट्रम्पको निर्णयविरुद्ध सिनेट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्रम्पलाई झड्का: सीरिया र अफगानिस्तान सैनिक फिर्ता बोलाउने ट्रम्पको निर्णयविरुद्ध सिनेट

trump

काठमाडौं, २३ माघ । सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पार्टी भित्रको गम्भीर मतभेदको रुपमा हेरिएको छ । सिनेटमा रिपब्लिकन नेता मिच म्याकनेलले पेश गरेको प्रस्ताव भारी बहुमतबाट पारित भयको छ । प्रस्तावको पक्षमा ७० र विपक्षमा २६ मत खसेको थियो ।

सदनमा ५३ रिपब्लिकन उम्मेदवारमध्य तीन जनाले मात्र यसको विरोध गरेका थिए । यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरेका हुन् । अब यो संशोधनलाई दक्षिण पश्चिम एशियाका लागि एक व्यापक सुरक्षा कानुनमा समावेश गरिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);