चुनाव ढिला गर्ने ट्रम्पको सुझाव रिपब्लिकन नेताद्वारा खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

चुनाव ढिला गर्ने ट्रम्पको सुझाव रिपब्लिकन नेताद्वारा खारेज

एजेन्सी, १६ साउन । अमेरीकामा नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचन चुनाव ढिला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझाव वरिष्ठ रिपब्लिकन नेताहरू अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै ढिलाइ गर्नुपर्ने भनेर राखेको सुझाव सत्तारुढ रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरू अस्वीकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रिेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गर्नुभएको हो । चुनाव स्थगित गर्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पमा छैन । चुनाव सार्ने भए अमेरिकी संसदले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ ।

ट्रम्पले त्रुटिपूर्ण चुनाव हुनसक्ने र अमेरिकी इतिहासकै सबैभन्दा धाँधलीपूर्ण हुने भनेर निर्वाचन मिति सार्न सुझाव राख्नु भएको थियो । तर राष्ट्रपतिको आशंकाका आधार कतैबाट प्रमाणित नहुने भन्दै वरिष्ठ नेताहरू अस्वीकार गरेका हुन् । अमेरिकाको इतिहासमा अहिलेसम्म राष्ट्रपतीय चुनावमा ढिलाइ भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);