अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको परीक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अमेरिकामा मध्यावधि निर्वाचन : ट्रम्पको परीक्षा

us midterm elections

एजेन्सी , २० कात्तिक । अमेरिकामा मंगलबार मध्यावधिक निर्वाचन हुँदैछ । सन् २०१७ मा सत्तामा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको परीक्षणका रुपमा लिइएको यो चुनावमा उनको रिपब्लिकन पार्टीलाई केही सजह देखिको छ भने डेमोक्र्याटिक पार्टीलाई अप्ठ्यारो देखिएको छ ।

मंगलबार हुने चुनावमा सिनेटका १ सय मध्ये खाली रहेका ३५ सिटका लागि चुनाव हुँदैछ । यसैगरी हाउस अफ रिप्रिजेनटेटिभका सबै ४ सय ३५ सिट र ३६ राज्यका गभर्नर र स्थानीय प्रतिनिधिका लागि चुनाव हुँदैछ । सिनेटका ३५ मध्ये २०१६ मा डमोक्र्याटले जितेका २६ सिट खाली छन् भने रिपब्लिकनले जितेका ९ सिट खाली छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाइ र आर्थिक उन्नतीलाई एजेण्डा बनाइरहेका बेला पछिल्लो पटक डेमोक्रयाटले विजय प्राप्त गरेका स्थानहरु पनि गुमाउन सक्ने सम्भावना बढेको छ । राष्ट्रपतिको दुइवर्ष कार्यकाल बाँकी रहँदै हुने यो मध्यावधि निर्वाचनलाई अमेरिकामा राष्ट्रपतिको दुइवर्षमा गरेको कामको नतिजाका रुपमा समेत विश्लेषण गर्ने गरिन्छ ।

सन् २०१६ मा भएको हाउस अफ रिप्रिजेन्टेटिमभको निर्वाचनमा रिपब्लिकनले ४ सय ३५ मा २ सय ३५ सिट जितेर बहुमत प्राप्त गरेको थियो भने १ सय सदस्यीय सिनेटमा रिपब्लिकनले ५१ सिट जितेको थियो । अहिले तल्लो सदन र माथिल्लो सदन दुवैमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीको बहुमत भए पनि महत्वपूर्ण कानुनहरु पारित गर्नका लागि यो पूर्ण संख्या भने होइन ।

पूर्ण बहुमत प्राप्त गर्न र आफूले चाहेको नियम पारित गराउन रिपब्लिकनलाई जिताउनु पर्ने ट्रम्पले दाबी गरिरहेका बेला अमेरिकाभित्र निर्वाचन अघि गरिने सर्वेक्षणहरुले भने डेमोक्र्याटले बहुमत प्राप्त गर्न सक्ने बताएका छन । अमेरिकी निर्वाचन ताका सर्वेक्षण गर्ने फाइभ थर्टीएट नामक अललाइनले डेमोक्र्याटले बहुमत प्राप्त गर्न सक्ने ८० प्रतिशत रहेको दाबी गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);