जोर्डनमा आँधी र बाढीमा परी २१ को मृत्यु, २ मन्त्री पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जोर्डनमा आँधी र बाढीमा परी २१ को मृत्यु, २ मन्त्री पदमुक्त

jordan flood

एजेन्सी , १९ कात्तिक । जोर्डनमा वर्षा ,आँधी र बाढीको चपेटामा २१ जनाको मृत्युपछि २ जना मन्त्रीले दिएको राजीनामा जोर्डनका राजा अब्दुल्लाह द्धितीयले स्वीकृत गरेका छन् । राजीनामा स्वीकृत हुनेमा पर्यटन र शिक्षा मन्त्री रहेका छन् । सरकारले बिपदमा राहत र उद्धारमा ध्यान नदिएको भन्दै आलोचना भएपछि उनीहरुलाई पदमुक्त गरिएको हो ।

वर्षा , आँधी र बाढीले जोर्डनमा हालै २१ जनाको मृत्युभएपछि सो प्राकृतिक विपतिमा जोड्न सरकारले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गर्न नसकेको स्विकार गरेको छ । सो घटनामा मृत्यु हु्नेमा स्कुल बसमा यात्रा गरिरहेका विद्यार्थी र शिक्षकहरु छन् । घटनामा दर्जनौ व्यक्तिहरु घाइते भएका थिए ।

समयमा उद्धार र जिम्मेवारी निर्वाह गर्न नसकेका पर्यटन मन्त्री लेना अन्नब र शिक्षा मन्त्री आजमी महाफजले राजिनामा दिएका थिए । राजा अब्दुल्लाह द्धितीले ति दुवै जना मन्त्रीको राजिनामा स्विकृत गरेका छन् । संसदीय र जन दवावका कारण मन्त्रीहरुले आ– आफ्नो पदबाट राजिनामा दिएपछि सरकारको आलोचना मत्थर भएको छ ।

जोर्डनका राजाले न्याय मन्त्री बासम समीर तलहौनीलाई कार्यबाहक शिक्षा मन्त्री र राज्यमन्त्री मजद श्वेकेलाई कार्यवाहक पर्यटन मन्त्री पदमा नियुक्त गरेका छन् । जोर्डनका जनताले देशमा दैवि बिपत्ति र आपतकालका बेला सरकारले पुुर्ण जिम्मेवारीका साथ काम गर्नु पर्नेमा जोड दिएका छन् ।

सानो तिनो बिपत्तिमा पनि राम्ररी भुुमिका निर्वाह गर्न नसक्ने स्थितिले सरकारको कमजोरी देखाउने हुदा त्यस तर्फ बेलैमा सचेत हुुन जोर्डनका सर्वसाधारणले आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);