इन्डोनेसियामा दुर्घटना भएको विमानको दोस्रो ब्ल्याकबक्स फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इन्डोनेसियामा दुर्घटना भएको विमानको दोस्रो ब्ल्याकबक्स फेला

एजेन्सी, १८ कात्तिक । इन्डोनेसियाको सरकारको स्वामीत्वमा रहेको लाइन एयरको जे टी ६ सय १० विमानको दोस्रो ब्ल्याकबक्स आइतबार गोताखोरहरुले फेला पारेका छन । १सय ८९ जनाको मृत्यु भएको सो जहाज दुर्घटनामा १ सय ५ जनाको शव भेटिएको छ ।

जसमध्ये ७ जनाको मात्र पहिचान हुन सकेको छ । हराइरहेका अन्य व्यक्तिहरुको शवको खोजी भइरहेको जनाईएको छ । ब्ल्याकबक्स फेला परेपछि विमान दुर्घटनाको सत्य तथ्य फेला पर्ने विश्वास अधिकारीहरुले गरेका छन् । आंशिक रुपमा क्षति ग्रस्त अवस्थामा फेला परेको उडान डाटा रेकर्डरबाट यथार्थ विवरण आउने जनाइएको छ ।

भिडियो हेर्नुहोस्:

जाँचमा संलग्न अधिकारीहरुका अनुसार एक महिनापछि विमान दुर्घटनाको प्रारम्भीक जाँचको निष्कर्ष आउने छ । विमानको सुरक्षा नियम र समयमा मर्मत सम्भार नहुँदा दुर्घटनाको सम्भावना बढी हुने विशेषज्ञको दाबी छ ।

सस्तो दरमा हवाइ यात्रु उडाउने विमान कम्पनीहरुले विमानको मर्मत सम्भार र सुरक्षामा ध्यान नदिँदा विमान दुर्घटना बढ्दै गएको एक अनुसन्धान कर्ताको जिकीर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);