फ्रान्स अनिनस्थ न्यू क्यालेडोनियामा जनमत संग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फ्रान्स अनिनस्थ न्यू क्यालेडोनियामा जनमत संग्रह

france

एजेन्सी, १८ कात्तिक । फ्रान्स अधिनस्थ प्रशान्त द्वीप क्षेत्र न्यू क्यालेडोनियामा जनमत संग्रह भइरहेको छ ।
फ्रान्समै रहिरहने अथवा स्वतन्त्र हुने विषयमाथि न्यू क्यालेडोनियामा जनमत संग्रह गरिएको हो ।

कानक आदिवासी पृथकतावादीहरूको एउटा हिंसात्मक आन्दोलनपछि दुई दशकअघि भएको सहमतिअनुसार जनमत संग्रह गरिएको हो । स्वतन्त्रता पक्षधरहरुले पेरिसको औपनिवेसिक शासन फाल्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
यद्यपि जनमत सर्वेक्षणहरूले भने बहुसंख्यक मतदाताले स्वतन्त्रतालाई अस्वीकार गर्ने देखाएका छन् ।

अस्ट्रेलियादेखि पूर्वमा पर्ने यो क्षेत्रका करिब १ लाख ७५ हजार मानिस मतदानका लागि योग्य छन् । त्यसमध्ये कानक आदिवासी मतदाताको संख्या ५० प्रतिशतभन्दा कम रहेको बताइएको छ । कतिपय कानक आदिवासी पनि फ्रान्समै रहनुपर्ने पक्षमा देखिएका छन् । यो द्वीपले फ्रान्स सरकारबाट वार्षिक करिब डेढ अर्ब डलर सहयोग पाउँदै आएको छ ।

सन् १९९८ मा भएको सहमतिअनुसार जनमत संग्रहको विपक्षमा नतिजा आए सन् २०२२ अघि थप दुई पटक जनमत संग्रह गराइने छ । पक्षमा नतिजा आए सन् १९७७ मा जिबुटी र १९८० मा भानुआटु अलग भएपछिको स्वतन्त्र हुने न्यू क्यालेडोनिया फ्रान्सको पहिलो भूभाग हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);