क्युबामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्युबामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

cuba crash

एजेन्सी , ६ जेठ । विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको एउटा विमानको ‘ब्ल्याक बक्स’ फेला परेको बताएका छन् । राजधानी हवाना नजिकै भएको उक्त दुर्घटनामा तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए।

सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए । अधिकारीहरूले एउटा ब्ल्याक बक्स फेला पारेका छन् जसमा महत्त्वपूर्ण तथ्याङ्क र विमानमा के भएको थियो भन्ने जानकारी समेटिएको छ।

क्युबाली यातायातमन्त्रीले उक्त उपकरण सही अवस्थामा रहेको र सुरक्षित राखिएको पनि जनाएका छन् । उनले दुर्घटनाको कारण पत्ता लगाउन अहोरात्र खटिरहेका प्राविधिकहरूको पनि प्रंशसा गरेका छन् ।

विमान प्राविधिक गडबडीका कारण दुर्घटना भएको हो कि होइन भनेर छुट्ट्याउनु क्युबाका लागि धेरै महत्त्वपूर्ण रहेको हवानास्थित बीबीसी संवाददाता विल ग्रान्ट बताउँछन् । उनी भन्छन् क्युबाको ध्वाजावाहकसँग रहेका अधिकांश विमान दुर्घटनामा परेको विमान जत्तिकै पुराना छन्। त्यही भएर अधिकारीहरूले अनुसन्धानलाई थप महत्त्व दिइरहेका छन् ।

पीडितका परिवारहरूलाई भने त्यसले खासै सान्त्वना दिने छैन।  तर उनीहरूले उडेको लगभग एक मिनेटमै के कारणले विमान दुर्घटना भयो भन्ने जवाफ मागिरहेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);