राजकुमार ह्यारी र मेगन विवाह बन्धनमा बाँधिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजकुमार ह्यारी र मेगन विवाह बन्धनमा बाँधिए

एजेन्सी, ५ जेठ । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल आज विवाह बन्धनमा बाँधिएका छन् । विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो । मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन् ।

महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित थिए । ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाह स्थलमा पुगेका थिए ।

वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए । ती पाहुनामा एल्टन जन, ओप्रा विन्फ्रे, जर्ज क्लुनी र सेरेना विलियम्स लगायत थिए । वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए ।

समारोहमा सहभागी हुन नेताहरूलाई निमन्त्रणा दिइएको थिएन । प्रधानमन्त्री थेरिसा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामना दिएका छन् ।

दुई वर्षअघि नेपालका विकट क्षेत्र घुुमेका ह्यारीको विवाहलाई बेलायतस्थित रोयल प्यामिलको फेसबुक पेजमार्फत नेपालमा पनि चासोका साथ हेरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);