राजकुमार ह्यारी र मेगनले शाही उपाधि समाप्त | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजकुमार ह्यारी र मेगनले शाही उपाधि समाप्त

prince harry and meghan

एजेन्सी, ५ माघ । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले शाही परिवारको सदस्यता त्यागेका छन । राजपरिवारको सदस्यता त्यागेसंगै उनीहरुले शाही सम्बोधनसमेत नगर्ने भएका छन् ।

बकिङघम दरबारले राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरेको छ । ह्यारी र मेगनले हालै मात्र राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आफ्नो समय बेलायत र उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए । राजपरिवारमा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले त्यसलाई मन्जुरी दिनुभएको हो ।

बेलायती राजदरवारबाट जारी बिज्ञप्तिमा ड्युक र डचिस अफ ससिक्स अब राजपरिवारको औपचारिक सदस्य नरहने र उनीहरुले शाही उपाधि प्रयोग नगर्ने उल्लेख गरिएको छ । बेलायती राजपरिवारका शाही उपाधि प्राप्त सदस्यहरुलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ । अब ह्यारी र मेगनले शाही उपाधि प्रयोग गर्ने छैनन् भने नागरिकको करबाट आउने रकम पनि पाउने छैनन् ।

दरबारका अनुसार शाही उपाधि हटेपछि उनीहरुले पाउने सैन्य पद पनि हट्नेछ ।बेलायतकी महारानी एलिजाबेथले थप स्वतन्त्र जीवन जीउने ह्यारी र मेगनको चाहनालाई समर्थन गर्ने समेत बताउनुभएको छ ।

महारानीले ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची सधै राजपरिवारका प्रिय सदस्य भने रही रहने बताउनुभएको छ । ह्यारी र मेघनाले उत्तर अमेरिकामा स्वतन्त्र जीवन बिताउने इच्छा राखेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);