खोमेनीलाई आफ्ना शब्दप्रति सचेत रहन ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खोमेनीलाई आफ्ना शब्दप्रति सचेत रहन ट्रम्पको चेतावनी

trump and khamenei

एजेन्सी, ४ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनिलाई आफ्ना शब्दप्रति सचेत रहन“ चेतावनी दिएका छन् । इरानको राजधानी तेहरानमा शुक्रवार देशबासीको नाममा सम्बोधन गर्दै खामेनीले राष्ट्रपति ट्रम्पलाई “जोकर“ को संज्ञा दिएर अमेरिकाको आलोचना गरेका थिए ।

लगत्तै ट्रम्पले खामेनिलाई आफ्ना शब्दप्रति सचेत रहन“ चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । खामेनीले हजारौंको संख्यामा उपस्थित इरानीलाई सम्बोधन गर्दै इराकस्थित अमेरिकी सैन्य आधार शिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा पनि गरेका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले “सर्वोच्च नेता भनिए पनि खामेनि सर्वोच्च नरहेको“ र इरानको अर्थतन्त्र धरमराइरहेको तथा त्यहाँका जनताले दुःख झेल्नु परेको पनि गरे ।

दुई हप्ताअघि अमेरिकी सैनाको आक्रमणबाट इराकमा इरानका वरिष्ठ सैनिक जनरल कासिम सुलेमानीको मृत्यु भएपछि वाशिङटन र तेहरान बीचको तनाव अझै बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);