इरानका नयाँ राष्ट्रपति रायसीले लिए संसद समक्ष पद तथा गोपनीयताका सपथ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

इरानका नयाँ राष्ट्रपति रायसीले लिए संसद समक्ष पद तथा गोपनीयताका सपथ

एजेन्सी । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले पद तथा गोपनीयताका सपथ लिएका छन् । राष्ट्रपति रायसीले बिहीबार इरानी संसद् समक्ष सपथ लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

आर्थिक संकट, अमेरिकासँगको सम्बन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा रायसीले इरानी राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नु भएको हो । इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए । धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागि भएका थिएनन् ।

इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिनु हुने रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि नै शुरु भएको छ ।

इरानको न्यायपालिका पूर्व प्रमुखसमेत रहेका रायसीलाई मानवअधिकार उल्लङ्लन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);