राष्ट्रपति भण्डारीद्धारा नव नियुक्त प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रपति भण्डारीद्धारा नव नियुक्त प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइयो

काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

राष्ट्रपति कार्यलय शीतल निवासमा स्थित राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराएकी हुन ।

सोमबार मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सीता पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।

त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);