नेपाली कांग्रेसको स्थगित पदाधिकारी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाली कांग्रेसको स्थगित पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सोमबार स्थगित पदाधिकारी बैठक आज बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको हो । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले सोमबार स्थगित भएको बैठक आज बस्ने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थिति, विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा साथै पार्टीको आसन्न १४ औं महाधिवेशनका विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);