म पहिला नै राजीनामा बोकेर बसेको थिएँ,हटाइँदा दुःख लागेको छैन : अमिक शेरचन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

म पहिला नै राजीनामा बोकेर बसेको थिएँ,हटाइँदा दुःख लागेको छैन : अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुख पदबाट मुक्त भएका अमिक शेरचनले हटाइँदा आफूलाई दुःख नलागेको बताएका छन् । आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले पार्टीको निर्देशन पालना गरेर प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको उनले बताए ।

मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो कार्यकाल भरि कुनै गल्ती नगरेको दाबी गरे । ‘म पहिला नै राजीनामा बोकेर बसेकोे मान्छे, हटाइएकोमा कुनै दुःख छैन’– शेरचनले भने ।

शेरचनलाई सोमबार सरकारले प्रदेश प्रमुखबाट हटाएको थियो । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सीता पौडेललाई नियुक्त गरेकी थिइन् ।

आफूलाई राजनीतिक कारणले प्रदेश प्रमुखबाट हटाइएको जस्तो नलागेको शेरचनको भनाई छ । उनले भने– ‘यस पदमा आएपछि मैले संवैधानिक मर्यादापूर्ण पालना गरेको थिएँ, कुनै पनि पार्टी विशेषको प्रभाव र छायाँमा काम गरिनँ, सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गरेर पठाएँ । माननीय सांसदहरुको जेजे प्रस्ताव आए, त्यसलाई पनि संवैधानिक व्यवस्था अनुसार निर्णयार्थ सम्पादन गर्ने गरेको थिएँ ।’ आफूलाई कुनै काम गर्न या नगर्न कतैबाट पनि दवाव नआएको उनको दाबी छ ।

अस्थिरताले कसैको हित नगर्ने बताउँदै शेरचनले मेलमिलापबाट अघि बढ्न जोड दिए । गण्डकी प्रदेशको पछिल्लो घटनाक्रममा भने त्यो भूमिका खेल्न नपाउँदै आफू हट्नु परेको उनको भनाइ छ ।

आफूले आह्वान गरेको प्रदेश सभा बैठक नटुंगिदै आफ्नो विदाई भएको शेरचनले बताए । ‘अब नयाँ आउने प्रदेश प्रमुखले मिलाउनु होला, सर्वदलीय बैठक गर्न पाएको भए निकास निकाल्न सकिन्थ्यो कि भन्ने लागेको थियो, तर मैले त्यो अवसर पाइनँ’, शेरचनले भने ।

आफ्नो कार्यकाल अत्यन्त सुखद रहेको शेरचनको अनुभव छ ।

देश कोभिडले ग्रस्त भएको बेलामा पार्टी पार्टी बीचको फूट र सत्ताको लुछाचुँडी हुनु भने दुःखद भएको शेरचनले बताए । निरंकुशता विरुद्धको हिजोको आन्दोलन सबै राजनीतिक दल मिलेर मात्र सफल भएको उनले स्मरण गराए । राजनीतिक एकताले मात्र सामन्तवादी व्यवस्था अन्त्य भएको नबिर्सन उनले राजनीतिक दलका नेतालाई आग्रह गरे ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);