गण्डकी र लुम्बिनी प्रदेशमा लोकतन्त्रलाई ठेस पुर्‍याउने काम भयो : देवेन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गण्डकी र लुम्बिनी प्रदेशमा लोकतन्त्रलाई ठेस पुर्‍याउने काम भयो : देवेन्द्र पौडेल

केशर कार्की,

काठमाडौँ । नेकपा माओवादीका स्थायी कमिटी सदस्य एवंम गण्डकी प्रदेश संयोजक देवेन्द्र पौड्यालले लुम्बिनी प्रदेशको घट्नाले संघीय व्यवस्थामाथिनै हमला भएको बताएका छन् ।

मंगलबार इमाउण्टेन अनलाइनसँग कुरा गर्दे उनले यस्तो बताएका हुन । लुम्बिनीमा देखिएको पछिल्लो राजनीतिक घट्नाक्रमले मुलुकको संघीय ब्यवस्थामाथिनै हमला भएको र सरकार बहुदलीय जनबादको बाटोमा हिड्न चुकेको बताएका छन् ।

.लुम्बिनी प्रदेशमा भएको पछिल्लो राजनीतिक घट्नाक्रमलाई तपाईले कसरी लिनुभएको छ ।

लुम्बिनीको पछिल्लो घट्नाले संमग्र नेपालको राजनीतिलाई अस्थिरतातर्फ धकेल्न खोजेको पार्टीको ठम्याई छ । संमग्रमा भन्ने हो भने संविधानको मूल मर्म विपरीत विधि विधान भन्दा विःल्कुन फरक ,नैतिकता विहीन र गैर राजनीतिक जिम्मेवारीको पराकाष्ठको एक उदाहरण यो घट्नाक्रमलाई मैले हेरेको छ ।

लोकतन्त्रमा यस्तो गर्न पाइन्छ त ?

लोकतन्त्रमा यस्तो गर्ने व्यवस्था संविधानमा छैन । संविधानमा नभएको कुरालाई जवरजस्ती प्रयोग गर्न खोजियो र नेपालको राजनीतिमा मूलत गलत प्रणाली विकासको थालनी भयो । यस्तो व्यवस्था कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुने हुँदैन भन्न्ने मेरो बुझाई छ ।

के लुम्बिनी र गण्डकी प्रदेशको घट्नाले लोकतान्त्रिक व्यवस्थामाथिनै हमला भयो भन्ने तपाईको बुझाई हो ?

वास्तवमै त्यहिँ हो जे भएको छ र जे गरियो लुम्बिनी र गण्डकी प्रदेशमा त्यो एकदम लोकतान्त्रिक पद्धतिमाथिनै ठेस पुग्ने काम गरियो । यसले नेपालको समग्र कम्यूनिष्ट आन्दोलनलाई सखाप पार्ने थालनी गरियो भन्ने मेरो बुझाई हो ।

प्रदेश सरकार फेरबदल गर्ने कुराको मूख्य दोष कस्लाई दिने त ? प्रदेशलाई दिने वा सिङ्गो सरकारलाई?

यो घट्ना केवल प्रदेशसंगमात्र सम्बन्धित छैन । समग्र नेपालको र सिङ्गो प्रदेशको घट्ना हो भनेर बुझनु पर्छ । त्यतिमात्र हैन यो नेपालको इतिहाँसमानै पहिलो र पदलोलुप घट्नाको रुपमा लिन सकिन्छ । यस्ता घट्नाले नेपालको समग्र राजनीति प्रणालीमानै प्रश्न चिन्ह खडा गरेको छ ।

जनताको लामो संघर्ष पश्चात निर्माण भएको ब्यवस्थालाई ,राजनीतिका नाममा नेताहरुले जनतालाई धोका दिन मिल्छ ?

विल्कुल मिल्दैन , निष्ठाको राजनिती गर्छु भनेर जनताको अमूल्य मतदानबाट निर्वाचित भएर आएपछि जनताको सपनालाई निराश हुने काम गर्नु हुन्न भन्ने मेरो पनि मान्यता हो तर , विडम्बना भन्नु पर्छ जून उदेश्यकासाथ जनताले सरकारमा काम गर्न पठाएका थिए । विडम्बना त्यो हुन सकेन । सायद , मदन भण्डारी , मनमहोन अधिकारी हुनुहुन्थ्यो भने आज यो अवस्था देख्नुपर्ने थिएन होला ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);