नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने सपना पूरा हुँदैछ : सुजिता बस्नेत, नेपाल युनिभर्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने सपना पूरा हुँदैछ : सुजिता बस्नेत, नेपाल युनिभर्स

काठमाडौं । मिस नेपाल युनिभर्स २०२१ सुजिता बस्नेत आउँदो नोभेम्बर २५ मा मिस युनिभर्समा सहभागिता जनाउने भएकी छन् । १२ डिसेम्बरमा हुने फिनालेभन्दा अगाडि नै पार गर्ने विभिन्न राउन्डका लागि उनी त्यहाँ पुग्नेछिन् ।

सुजितालाई अझै आफू मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दैछु भन्ने लागेको छैन । ‘मेरो सपना पूरा भएको छ । मैले बाल्यकालदेखि नै देखेको सपना पूरा हुँदा अझै पत्याउन सकेकी छैन’, सुजिता न्युज कारखानासँग भनिन् । उनी ‘मिस युनिभर्स नेपाल’ घोषित भएदेखि नै अन्तर्वार्ता, फोटोसुट र ग्रुमिङ क्लासमा व्यस्त छिन् । 

‘समय निकै कम छ र तयारी गर्नुपर्ने धेरै, त्यसैले सबैलाई समय दिएर गरिरहेकी छुँ’, सुजिताले भनिन् । तर, सानो प्रयासमै उनको सपनाले मूर्तरूप भने पाएको होइन । उनले यसका लागि धेरै मिहिनेत गरेकी छन् । अमेरिका निवासी सुजिताले त्यहीँ ब्युटी प्याजेन्टको आयोजना गरेकी थिइन् भने सन् २०११ मा ‘मिस नेपाल युएस’ विजेता बनेकी थिइन् ।

आइटी स्टुडेन्ट सुजितालाई सानैदेखि ब्युटी प्याजेन्टमा लगाव थियो । ‘प्याजेन्टले कमियुनिकेसन स्किल विकास गर्छ र यो ब्युटी विथ ब्रेन पनि हुन्छ । सानैदेखि यसमा यस्तै कारणले लगाव बढ्यो’, उनले भनिन् । अघिल्लो पटक सन् २०२० मा उनी फस्ट रनरअप भनेकी थिइन् । क्राउनको निकै नजिक पुगेर विजेता नबन्दा पनि उनलाई दुखेसो छैन । 

‘मैले सपना देखेकी थिएँ र त्यसलाई पूरा गर्न प्रयास गरेकी हुँ । लास्ट टाइम मैले त्यहाँसम्मको यात्रालाई सोचेकी थिइनँ । त्यहाँसम्म पुगेकै कारणले मलाई पुनः यहाँ आउन र प्रयास गर्न प्रेरित गरेको हो’, उनी भन्छिन् । कोभिडकै कारण यसपटकलाई उमेरले ब्युटी प्याजेन्टमा सहभागी हुने अवसर दिएको उनले बताइन । उनलाई प्रतियोगितामा हुने रिजल्टको डर थिएन, केवल आफूले पाएको अवसरको सदुपयोग गर्नु थियो । ‘पछि गएर मैले त्यो बेला यस्तो किन गरिनँ भन्ने नलागोस् भनेर प्रयास गरिरहेकी हुन्छु’, उनले भनिन् ।  

उनलाई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने सपना बाल्यकालदेखि नै थियो । जसले मूर्तरूप पाएको छ । ‘नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मेरो सपना पूरा भएको छ’, सुजिता भन्छिन्, ‘यो पललाई शब्दमा व्यक्त गर्नै सक्दिनँ, केवल लक्ष्यमा पुग्न तयारी गरिरहेकी छुँ ।’ उनले यो समयका लागि धेरै यात्रा पार गरेको बताइन् । उनले अमेरिकामा रहँदै कलेजबाट चार वर्षको छुट्टी लिएर ब्युटी प्याजेन्टमा सहभागिता जनाउनुका साथै आयोजना गरेकी थिइन् । मिस युनिभर्स नेपालमा एनआरएनले समेत सहभागी हुन् पाउने भएपछि सन् २०२० मा उनी सहभागिता जनाउन नेपाल आएकी थिइन् । एनआरएन भए पनि उनि आफूलाई नेपाली भन्न रुचाउँछिन् । 

‘म नेपाल आइरहेको हुन्थे । हजुरमुवा यहाँ बस्ने भएकाले म हरेक वर्ष आउने गरेकी थिएँ र छुँ । म आफूलाई आइएम अ नेपाली अमेरिकन भनेर चिनाउने गरेकी छुँ’, सुजिताले भनिन् । हजुरमुवासँग नजिक भएकाले उनी नेपाली कल्चरसँग नजिक छिन् र नेपाली पनि खरर बोल्छिन् । ‘मैले नेपाली भेट्दा कहिले अंग्रेजीमा कुराकानी गरेकी छैन यद्यपि पढ्न लेख्न भने समस्या हुन्छ तर बोल्न कुनै समस्या छैन’, उनले भनिन् । गत वर्ष फस्ट रनरअप भएपछि नै उनले पुनः सहभागी हुने सोच बनाइसकेकी थिइन् । त्यसैले उनले आफ्नो तयारीलाई निरन्तरता दिइन् । 

‘मैले आफ्नो तयारीलाई विश्राम नदिएर निरन्तरता दिएँ’, उनी भन्छिन्, ‘त्यसकै निरन्तरतास्वरूप म आज यहाँ उभिएकी छुँ ।’ आफ्नो सपना पूरा हुँदै गर्दा उनले पाएको अन्तिम अवसरलाई समेत सम्झी रहेकी छन् । ‘यो मेरो लास्ट चान्स हो । त्यसैले मैले सक्ने सयप्रतिशत नै दिने प्रयासमा छुँ’, सुजिताले भनिन् । उनको सपना पूरा हुँदै गर्दा उनलाई प्रेसर छैन । ‘मैले प्रेसर लिएकी छैन तर तयारीमा भने पूरै फोकस छु’, उनले भनिन् । 

उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने स्वभावले निकै सहयोग गर्ने बताइन् । उनी नेपालीको शालीनता, भद्र स्वभाव, मायालु बानीलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउने तयारीमा छन् । सुजिता प्रस्तुत हुने नेसनल कस्ट्युमलाई मिस युनिभर्स नेपालको टिमले केही दिनमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारीसमेत गरिरहेको छ । कन्ट्री डिरेक्टर नग्मा श्रेष्ठको अनुसार उनी नेपालको राष्ट्रिय पहिचानलाई मिस युनिभर्सको मञ्चमा प्रस्तुत गर्न चाहन्छिन् । नेपाली राजनीतिमा खासै रुची नराख्ने सुजिता भविष्यमा समाजसेवामा भने आफ्नो सहभागिता रहनेमा बताउँछिन् । 

‘म समाजसेवालाई केही फरक ढंगले गर्न चाहन्छु । अहिले केही सोचेकी छैन, तर म टिमसँग सल्लाहमा छु’, सुजिताले भनिन् । ब्युटी प्याजेन्टमा सहभागिता जनाउनेलाई आफ्नो यात्राले प्रेरणा दिने बुझाई उनको छ । उनी यस क्षेत्रमा आउनेलाई आत्मविश्वास बोकेर निरन्तरता दिन सुझाउँछिन् । कुराकानीकै क्रममा नेपाली फिल्ममा आउने संकेत भने उनले गरिन् । ‘अहिले त प्याजेन्टबाहेक अन्त सोचेकी नै छैन । तर, फिल्म र भिडियोमा आउन सक्छु । हेरौँ, भविष्यमा जे पनि हुन सक्छ’, उनले भनिन् । 

मिस युनिभर्स नेपाल २०२१’ को उपाधि जित्न १५ प्रतियोगीलाई पछि पारेकी थिइन् । उपाधिसहित दुई सवटाइटलसमेत जितेकी बस्नेतले ताजसँगै १० लाख नगद पनि जितेकी हुन् । उत्कृष्ट १६ बाट १० र ५ हुँदै सुजिताले उपाधि आफ्नो बनाउन सफल भएकी थिइन् । उमंग क्रियसन आयोजनामा सम्पन्न प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप, डा, केशु खड्का फोर्थ रनरअप घोषित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);