‘मिस युनिभर्स नेपाल २०२१’ का लागि १६ सुन्दरी छानिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘मिस युनिभर्स नेपाल २०२१’ का लागि १६ सुन्दरी छानिए

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित एक होटलमा प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा १६ जना प्रतियोगीले रेड कार्पेटमा र्‍याम्पवाक गर्दै मिडिया तथा उपस्थितमाझ आफ्नो परिचय जानकारी गराएका थिए । प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बनाइएको दुईदेखि तीन मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा १६ बाट अब शीर्ष १० छानिने छन् । छनाेटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । साथै, मिस ‘युनिभर्स नेपाल’ को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगिताको ग्रान्ड फिनालेको भिआईपी टिकटसमेत अनलाइनमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएकाे छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले ३० अक्टोबर अर्थात १३ कात्तिकमा आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व अंशिका शर्माले गरेकी थिइन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);